देउवाले लगाए प्रधानमन्त्री ओलीलाई यति ठूलो गम्भीर आरोप !


 


काठमाडौं, मंसिर ७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । शनिबार पोखरामा भएको चुनावी सभामा बोल्दै देउवाले प्रधानमन्त्री ओलीसँग भारतले सल्लाह गरेर अहिले सार्वजनिक भएको नक्सा छापेको दाबी गरेका छन् ।

पछिल्लो समय नेपालको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतले आफ्नो नक्सामा समाबेश गरेपछी यसको ब्यापक विरोध भइरहेको छ । यसैक्रममा सभापति देउवाले पोखरामा भएको चुनावी सभामा प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको आरोप लगाएका हुन् ।

देउवाले भने ओलीले राष्ट्रवादका नाममा जनतालाई उल्लु बनाएर पहिले चुनाव जितेको होइन ? ओलीको राष्ट्रवाद अहिले कालापानीमा घुँडा टेकेको छ, उनले भने ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेकेको छ ।

उनले भने ओलीसँग सल्लाह नगरी भारतले नक्सा छाप्नै सक्दैन,’ सभापति देउवाले ओली सरकारले जनताका आँखामा छारो हाल्ने काम गरिराखेको बताए ।

प्रकाशित मिति: ७ मंसिर २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्