शिवसेनाको प्रयास असफल, भाजपाले नै मार्यो महाराष्ट्रको मुख्यमन्त्रीमा बाजी
एजेन्सी
भारतको महाराष्ट्रको दोस्रो ठूलो दल शिवसेनाले आफ्नो नेतृत्वमा सरकार बनाउने योजना असफल भएको छ । एक दिनअघि काँग्रेस र एनसीपीसंग मिलेर आफ्नो नेतृत्वमा सरकार बनाउने सहमति भएपनि अन्तिममा दुबै दलले भाजपालाई साथ दिएपछि शिवसेनाको योजना असफल बनेको हो ।
भाजपा महाराष्ट्रका लागि ठूलो दल बनेपनि बहुमत ल्याउन सकेको थिएन । तर,कांग्रेस र एनसीपीको साथ पाएपछि महाराष्ट्रको मुख्यमन्त्रीमा भाजपाको विधायक दलका नेता देवेन्द्र फडणबिसले शपथ लिएका छन् ।
फडणबीस फेरि एकपटक मुख्यमन्त्री बनेका हुन् । एनसीपीका नेता अजित पवारले उपमुख्यमन्त्रीको शपथ लिएका छन् । यसअघि एक दिनअघि मात्रै शिवसेना, एनसीपी र कांग्रेस नेताबीच शिवसेनाका उद्धव ठाकरेलाई मुख्यमन्त्री बनाउने सहमति बनेको थियो ।
भाजपासंग कुरा नमिलेपछि दोस्रो ठूलो पार्टी शिवसेनाले एनसीपी र कांग्रेससंग मिलेर सरकार बनाउने प्रयास गरेको थियो ।
प्रकाशित मिति: ७ मंसिर २०७६, शनिबार