मौलाउँदै बैंकिङ क्षेत्रमा कर्मचारीकै मिलेमतोमा अपराध, १० वर्षमा २२ अर्बको ठगी


 


काठमाडौं, मंसिर ७
बैंकिङ क्षेत्रका कर्मचारीहरुकै संलग्नतामा अपराध मौलाउँदै गइरहेको छ । बैंकिङ क्षेत्रमा नक्कली खडा गरिएका कम्पनी र कमसल धितोलाई अधिकतम मूल्यांकन गरि बैंकका कर्मचारीहरुद्वारा नै मिलेमतोमा कर्जा प्रवाह हुने गरेको छ । नयाँ पत्रिकामा खबर छ ।

पछिल्लो १० वर्षमा बैंकका कर्मचारीकै मिलेमतोमा २२ अर्ब भन्दा धेरै अतियमितता भएको तथ्य सार्वजनिक भएको छ । यो अवधिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बैंकिङक सुरमा ५२ बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीहरुसहित एक हजार भन्दा धेरै विरुद्ध मुद्दा चलाएको छ ।

उनीहरुसंग २२ अर्ब ६ करोड आठ लाख ४६ हजार आठ सय ३४ रुप्ैयाँ बराबरको बिगो दाबी गरिएको छ । हाल सीआईबलिे नेपालका नवौं तहका कर्मचारी पूपराज कोइरालाको करिब ६० लाख अनियमितताको घटना छानविन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ७ मंसिर २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्