भारतले आफ्नो नक्सा सच्याएको भन्दै छर्यो अर्को भ्रम


 



काठमाडौं, मंसिर ७
भारतले कालापानी क्षेत्र आफ्नो नक्सामा राखेपछि नेपाललमा विरोध हुँदा भारतले अर्को भ्रम छरेको छ । नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा संशोधन गरेको गर्दै अर्को भ्रमण छरेको हो । अन्नपूर्णमा खबर छ ।

भारतले यसअघि कात्तिक १५ गते जारी गरेको नक्सामा काली नदी भारतमा राखिएको थियो । जसको नेपालमा व्यापाक विरोध भएको थियो । अहिले भारतले संशोधन गरेको भनिएको नक्सामा पनि त्यही नदी देखाइएको छ तर नाम मात्रै झिकिएको छ ।

जम्मु कश्मीरलाई दुई प्रान्तमा विभाजन गरेपछि जारी नक्सामा भारतले काली नदीलाई पूरानै स्थानमा राखेको थियो । लिम्पियाधुरालाई काली नदी स्वीकार गरेको थियो । सर्भे अफ इन्डियाले तीन साता नबित्दै नवौं संस्करणको नक्सा बाहिर ल्याएको हो ।

सुगौली सन्धीमा नेपालको पश्चिमी सीमा स्पष्ट भएपनि भारतले नक्सालाई उलटपुलट पार्दै नेपाली भूमि अतिक्रमण गरिरहेको छ ।

प्रकाशित मिति: ७ मंसिर २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्