सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्यो, कति छ आज ?


 



काठमाडौं, मंसिर ६
नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ७१ हजार सात सय रुपैयाँ कायम भएको छ । सुन हिजो प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला आठ सय ६० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ मंसिर २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्