रुसी राष्ट्रपति पुटिन नेपाल आउँदै, के हो भ्रमणको उद्देश्य ?
काठमाडौं, मंसिर ६
छिमेकी देश चिन र बंगलादेशका राष्ट्रपतिपछि अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउँदैछन् । आगामी पुस दोस्रो साता पुटिन नेपाल भ्रमणमा आउने तयारी रहेको जनाइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
राष्ट्रपति पुटिन तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उच्च स्रोतले भन्यो, ‘उता रुसबाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको छ ।’
नेपालमा रहेको युरेयिम पदार्थको भण्डारणको उत्खनन् र खरिद गर्न चासो लिँदै रुसले पुटिन भ्रमणको तयारी गरेको समाचारमा उल्लेख छ ।
इन्धन र प्रमाणु बमको मुख्य कच्चा पदार्थका रुपमा प्रयोगगरिने युरेनियम चिकित्साशास्त्र, भौगर्भिक अध्ययनसहित विभिन्न प्रकृतिका वैज्ञानिक खोज अनुसन्धानमासमेत प्रयोग हुने गर्छ ।
रुस युरेनियम प्रशोधन गर्ने विश्वकै पहिलो सूचीमा रहेको छ । खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमाङथानमा १० किमि लम्बाई र तीन किमि चौडाई क्षेत्रमा बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेपछि सो क्षेत्रको निगरानी नेपाली सेनाले गर्देै आएको छ ।
यस्तै, मकवानपुर धियालको तीनभंगाले, मकवानपुरकै चिरुवा र चाँदेखोला, काठमाडौंको उत्तरपश्चिम क्षेत्र, शिवपुरी, नुवाकोटको ककनीलगायतका भेगमासमेत यस्तो धातु रहेको विभागको ठहर छ ।
प्रकाशित मिति: ६ मंसिर २०७६, शुक्रबार