गोकर्ण विष्टलाई मन्त्रीबाट हटाएपछि नेता नेपालको कडा प्रतिक्रिया, पूर्वमाओवादीले पनि गरे प्रधानमन्त्रीको विरोध


 


काठमाडौं, कात्तिक ६

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनका क्रममा कार्यसम्पादन सुधारको दोस्रो नम्बरमा रहेका श्रम मन्त्री गोकर्ण विष्टलाई पदबाट हटाएपछि सत्तारुढ पार्टी नेकपाभित्रै विरोध सुरु भएको छ । कार्यकर्ताले उच्च नेतासम्मले गोकर्णप्रति सहानुभूति देखाउँदै ओली सरकारको कडा आलोचना समेत गरेका छन् । यता पूर्वमाओवादीका प्रभु साह, एमालेका भीम रावलले पनि मन्त्रिमण्डल पुनर्गठनमा असहमति जनाउँदै विरोध गरेका छन् ।

यसैक्रममा नेकपाका नेता प्रदीप नेपालले बिष्टको बहिगर्मनले नेपालको सरकारभित्र दलाल पूँजिपति वर्गको निर्णायक पदकलाई कारण मानेका छन् । उनले लेखेका छन्, “गोकर्ण बिष्टको बहिगर्मनले नेपालको सरकारभित्र दलाल पूँजीपति वर्गको निर्णायक पकड छ भन्ने सत्यलाई नांगो पारेर देखाइदिएको छ ।”

बिष्टलाई बर्खास्त गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम मन्त्रीमा रामेश्वर राय यादवलाई नियुक्त गरेका छन् । नवनियुक्त मन्त्री यादवले पदभार ग्रहण गरिसकेका छन् ।

प्रकाशित मिति: ५ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्