घनश्याम भुसाल मन्त्री बन्दा कांग्रेस युवा नेता खुसी, दिए यस्तो सुझाव


 


काठमाडौं, कात्तिक ५

नेकपाका वैचारिक एवं सिद्धान्तवादी नेता घनश्याम भुसाल मन्त्री बनेपछि प्रतिपक्षी नेपाली कांग्रेसका नेताले सफलताको शुभकामना दिएका छन् ।

धेरैले आश गरेको भुसाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । बिहीबार भुसालले पदभार ग्रहण गरेर कर्मचारीमाथि राजनीतिक हस्तक्षेप नगर्ने, किसानको हितमा देखिने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए ।

भुसालले पदभार ग्रहण गरिसकेपछि कांग्रेस युवा नेता प्रदीप पौडेलले भुसाललाई कृषिमा रहेको विचौलिया र दलालीकरण अन्यका लागि शुभकामना दिएका छन् । मन्त्री भएकामा बधाई दिँदै पौडेलले कृषिमा विचौलियाहरुको विगविगी हुँदा किसान मर्कामा परेको स्मरण समेत गराएका छन् ।

पौडेलले भनेका छन्, ‘घनश्याम भुसालले सधैं दलाल पुँजीवादको विषय उठाई रहनुहुन्छ । विचौलियाहरु हावी हुनाले परनिर्भरता बढेको छ । यस्तो अवस्थामा कृषिमा अझ बढी छ । कृषकले उत्पादनको बजारमूल्य १० प्रतिशत पनि प्राप्त गर्न सक्दैनन् । कृषि उत्पादनमाथिको दलालीकरण अन्त्य गर्न कृषि मन्त्रीलाई शुभकामना, अवसरका लागि बधाई ।’

प्रकाशित मिति: ५ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्