सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?


 


काठमाडौं, मंसिर ५
बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ७२ हजार रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ७२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ६० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्