नेकपामा पहिलोपटक प्रचण्डलाई कार्यकारी अधिकार, बालुवाटारमा भयो बोल्ड निर्णय


 


काठमाडौं, कात्तिक ४

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पहिलो पटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकार पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बुधबार केन्द्रीय सचिवालय बैठकले पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिएको छ । यसअघि कार्यकारी अधिकार ओलीसँग थियो । त्यस्तै सरकारको नेतृत्व पाँच वर्षसम्मै ओलीले गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सहमति हुँदा प्रधानमन्त्री र अध्यक्ष ओली र प्रचण्डले आधा आधा सञ्चालन गर्ने सहमति भएको थियो । त्यसैअनुसार आजको बैठकले प्रचण्डलाई पार्टी र ओलीलाई सरकारको जिम्मेवारी बाँडफाँड गरेको हो ।

आजको निर्णयअनुसार नेकपाको बैठक संयुक्त अध्यक्षतामा सञ्चालन हुनेछ । तर आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन भने प्रचण्डले गर्नेछन् ।

यद्धपि बैठकले मन्त्रिपरिषद पुनर्गठनकाे निर्णय हुन सकेन । बिहीबार नयाँ मन्त्री नियुक्त बताइएकाे छ ।

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्