चिकित्सकले दिए प्रधानमन्त्रीलाई यस्तो सुझाव, अब बालुवाटारबाटै सक्रिय
काठमाडौं, कात्तिक २९
प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकले धपेडी हुने काम नगर्न सुझाएका छन् । चिकित्सकको सुझावपछि प्रधानमन्त्री ओली बालुवाटारबाटै नियमित काममा सक्रिय भएका छन् । कान्तिपुरमा खबर छ ।
प्रधानमन्त्री ओली अब मृगौला फेर्ने मनस्थितिमा छन् । प्रत्यारोपणका लागि विदेश जानुअघि प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई चस्त बनाउन चाहेका छन् । मन्त्रालय सञ्चालनमा कमजोर कार्यक्षमता देखाएका मन्त्रीलाई विदाई, केहीको जिम्मेवारी हेरफेर र नयाँ मन्त्री नियुक्ति काम तत्काल टुंग्याउन चाहेका छन् ।
१२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलाको फेरि उपचार गर्नुपर्ने भएपनि ठ्याक्कै यही पद्धति अपनाउने भन्ने टुंगो लागिसकेको छैन । मृगौला प्रत्यारोपण गर्नुपर्ने भयो भने उनको लामो समय उपचारमा वित्न सक्छ ।
प्रकाशित मिति: २९ कार्तिक २०७६, शुक्रबार