प्रधानमन्त्री ओली र नेपालबीच तीन महिनापछि बोलचाल, किन चिसिएको थियो सम्बन्ध ?


 



काठमाडौं, कात्तिक २८
प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच तीन महिनापछि संवाद भएको छ । दुई नेताबीच बोलचाल बन्द भएको तीन महिनापछि मंगलबार संवाद भएको हो । नयाँ पत्रिकामा खबर छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र नेपालबीच प्रधानमन्त्री निवासमा चार घण्टा लामो छलफल नै भएको छ । पार्टी सञ्चालन, समसामयिक राजनीीतक परिस्थिति र भारतसंगको सीमा विवादमा केन्द्रित रहेको दुई नेताबीच छलफल भएको हो । भेटवार्तामा उनीहरुबीच तिक्त सम्बन्धको समीक्षा गर्दै कमीकमजोरी दोहोरिन नदिने र बाक्लो संवाद बनाउने सहमतिसमेत भएको छ ।

गत भदौमा बालुवाटारमा बसेको बैठकमा ओली र नेपालबीच चर्काचर्की भएको थियो । प्रधानमन्त्री ओली सिंगापुर उपचारका लागि जानुअघि डाएिको बैठकमा नेपालले स्वास्थ्य लाभका लागि दिएको शुभकामना ओलीले अस्वीकार गरेपछि दुई नेताबीच भनाभन भएको थियो । त्यसयता ओली र नेपालबीच सम्बन्ध चिसिएको थियो ।

प्रकाशित मिति: २८ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्