बामदेवलाई उपप्रधानमन्त्रीको अफर, प्रधानमन्त्रीले राखे यस्तो प्रस्ताव
काठमाडौं, कात्तिक २८
नेकपाका नेता बामदेव गौतमलाई उपप्रधानमन्त्री बन्न अफर आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई सरकारमा सामेल गर्न राष्ट्रिय सभामा लैजाने प्रस्ताव अघि सारेका छन् । कान्तिपुरमा खबर छ ।
मन्त्रिपरिषद पुनर्गठनको विषय चर्चामा रहेको बेला नेता गौतमलाई राष्ट्रिय सभामार्फत सांसद बनाएर उपप्रधानमन्त्रीका रुपमा भित्र्यान खोजिएको बालुवाटारमा स्रोतलाई समाचारमा उल्लेख गरिएको छ । गौतमलाई यस्तो प्रस्ताव गर्न अघि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसंग पनि छलफल गरेका थिए ।
प्रकाशित मिति: २८ कार्तिक २०७६, बिहिबार