सगरमाथाको उचाई र पिल्लरको विषयमा पनि अस्पष्टता


 



काठमाडौं, कात्तिक २८
नेपाल–चीनबीचको सीमा अनुगमन पनि लामो समयदेखि हुन सकेको छैन । अनुगनका लागि संयन्त्र बन्न नसक्दा दुई देशबीचको सीमा अनुगमन हुन नसकेको हो । राजधानी दैनिकमा खबर छ ।

सन २००७ देखि नै दुई देशबीचको सीमा अनुगमनका लागि संयन्त्र बन्न नसक्दा सीमाको अद्यावधिक हुन सकेको छैन । त्यसअघि नेपाल र चीनबीच प्रत्येक १० वर्षमा संयुक्त रुपमा सीमा अनुमन हुने गरेको थियो । तर, २००७ देखि सीमा अनुगमन हुन नसकेको नोपी विभागले जनाएको छ ।

नेपाल चीनबीच दोलखामा रहेको पिल्लर नम्बर ५७ र सगरमाथाको उचाईका सम्ब्न्धमा केही अस्पटता रहेको सीमा सम्बन्धी जानकार बताउँछन् । नेपाल चीनबीचको सीमा सम्बन्धमा अन्य ठूलो समस्या नरहेको उनीहरु बताउँछन् ।

प्रकाशित मिति: २८ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्