कात्तिक २२ गते सार्वजनिक बिदा


 


भक्तपुर, २० कात्तिक

चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएको छ । आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्था लगायतलाई आउँदो २२ गते सार्वजनिक बिदा दिइने घोषणा गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।

विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर चार नारायणमध्येको जेठो नारायणका रुपमा रहेको र एकादशीको दिन चाँगुनारयण मन्दिरमा ठूलो मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिएको उनले बताए ।

प्रकाशित मिति: २० कार्तिक २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्