गगन थापाले तीन महिनाअघि प्रधानमन्त्रीबारे गरेको भविष्यवाणी मिल्यो !


 


काठमाडौं, कात्तिक २०

हप्तादिनमै प्रधानमन्त्री केपी शर्मा ओली गत भदौमा स्वास्थ्यउपचार सिंगापुर जाँदा नेपाली कांग्रेसका युवा नेता गगन थापाले ओलीको स्वास्थ्यलाई लिएर चिन्ता र भविष्यवाणी गरेका थिए । उनले प्रधानमन्त्रीलाई ‘बा’ भन्दै आराम गर्न सुझाव दिएका थिए । ‘बा बुढो भएपछि छोराछोरीले काम हैन आराम गर भन्छन् । प्रधानमन्त्री ओली हाम्रो अभिभावक तथा बा हो । यो देशको अभिभावक हो । त्यसैले बा तपाई आराम गर्नुस् । तपाईलाई आरामको जरुरत छ’, थापाले विनम्र अनुरोध गरेका थिए ।

उनले प्रधानमन्त्रीलाई आरामको वातावरण मिलाउन उनलाई बा भन्ने र नभन्ने नेकपाका नेता कार्यकर्तालाई समेत अनुरोध गरेका थिए । राम्रै मनसाय राखेर गगनले यस्तो आग्रह गर्दा नेकपा नेता कार्यकर्ता र स्वयं प्रधानमन्त्री उनीमाथि खनिएका थिए । नेकपा सांसदले गगनको चर्काे आलोचना गरेका थिए भने कार्यकर्ताले गगनको आरामको आग्रहलाई षडयन्त्रका रुपमा अथ्र्याएका थिए ।

तर, अहिले तीन महिना वित्दा अवस्था फेरिएको छ । सबैले प्रधानमन्त्रीलाई आराम सुझाइरहेका छन् । ओलीसँग जेलमा बसेका नेतादेखि नेकपाका नेता कार्यकर्तासम्म आरा मगर्नुपर्ने निष्कर्षमा पुगेका छन् । त्यतिमात्रै होइन बुद्धिजिवीले आराम गरे उपयुक्त हुने सुझाएका छन् । अहिले ओलीको मृगौलाले काम गर्न छोडेको छ । अब नियमित डायलाइसिस गर्नुपर्ने अवस्था आएको छ । अहिलेको अवस्थामा त झन पूर्ण आरोमको अवस्था थियो । जबकी प्रधानमन्त्रीलाई आरामको आवश्यकताको पूर्वानुमान गगनले तीन महिना अघि नै गरेका थिए । जून कुरा अहिले विस्तारै सबैलाई महसुस हुँदै छ ।

थापाले संसदमा ओलीलाई अभिभावकसँग दाँज्दै शालीन ढंगले उपचारका लागि विश्राम दिइनुपर्ने तर्क गरेका थिए । तर, सत्तारुढ सांसदले उनीमाथि राजनीति गर्न खोजेको, अमानवीय अभिव्यक्ति दिएको जस्ता आरोप लगाए, प्रतिवाद गरेका थिए । तर, यतिखेर गगनका तिनै आग्रह सान्दर्भिक भएको ठहरिएका छन् । किनभने, ओलीलाई स्वास्थ्यलाभका लागि विश्राम चाहिएको छ । उपचारका दुई विकल्पमध्ये जुन विकल्प कम जोखिमपूर्ण र दीर्घजीवी हुन्छ, त्यसमै केन्द्रित भएर चिकित्सकले उनलाई विश्राम गर्ने सुझाब दिनु यो वेलाको उत्तरदायी काम हुन सक्छ । ‘देखावटी सक्रियता’ बढाउनु ओलीको स्वास्थ्य र राजनीतिक दुवै दृष्टिले जोखिमपूर्ण हुन सक्छ ।
यद्यपि प्रधानमन्त्री आरामका लागि पद नै छाड्नुपर्छ भन्ने होइन । माथि बसेर अभिभावकको भूमिका उनले चलाउन सक्छन् ।

प्रकाशित मिति: २० कार्तिक २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्