प्रधानमन्त्री बन्दै प्रचण्ड ! आफैंले गरे खुलासा


 


नेपालगञ्ज, कात्तिक २०

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू प्रधानमन्त्री बन्न लागेको खुलासा गरेका छन् । केही समयभित्रै आफू प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आलोपालो सरकारको नेतृत्व गर्ने लिखित सहमति भएको चर्चा भइरहेका बेला उनको यो अभिव्यक्ति आएको हो ।

नेकपा बाँकेले आयोजना गरेको चियापानमा सहभागी हुन आएका पूर्वप्रधानमन्त्री प्रचण्डले मंगलबार नेपालगन्ज उद्योग वाणिज्य संघले पेस गरेको ७ बुँदे मागपत्र बुझ्दै भने, ‘यो मागपत्र म एक्लै पढ्दिनँ । प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्छु । ढिलोचाँडो म प्रधानमन्त्री भएलगत्तै यी सबै माग पूरा गर्छु ।’ उनले आफू सरकारको नेतृत्वमा आएपछि सबैलाई पायक पर्ने स्थानमा प्रदेश ५ को राजधानी तोक्न पहल गर्ने पनि बताए ।

प्रकाशित मिति: २० कार्तिक २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्