नेपालबारे अमेरिकाले निकाल्यो खतरनाक रिपोर्ट, भारत पनि मुछियो


 


काठमाडौं, कात्तिक २०

संयुक्त राज्य अमेरिकाले नेपाल भारतको आतंकवादी समूह मुजाहिद्दिनको क्रिडास्थल भएको खुलासा गरेको छ ।

मंगलबार अमेरिकी विदेश मन्त्रालयले आतंकवादसम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनमा मुजाहिद्दिनका लागि पछिल्लो समय नेपाल उर्बर भूमी भएको उल्लेख छ । मुस्लिम समुदाय निकट आतंकवादी समूह मुजाहिद्दिनले भारतमा दर्जनौं बम हमला गरिसकेको छ भने सयौं नागरिकको ज्यान गएको छ ।

मुजाहिद्दिनले पाकिस्तानी आतंकवादी समूह लस्कर ए–तैयबा, जैश–ए–मोहम्मद र हर्कत अल–जिहादसँग पनि सम्बन्ध रहेको प्रवितदेनमा उल्लेख छ ।

‘भारतीय मुजाहिद्दिन (आइएम)को लक्ष्य भारतीयहरुमाथि कारवाही गर्नु र मुसलमानमाथि भारतमा भएको दमनको बदला लिनु लक्ष्य हो । यसका लागि आइएमले नेपालमा आफ्नो अपरेशनको क्षेत्र विस्तार गरेको छ । नेपाल अहिले आइएमका लागि सबैभन्दा ठूलो केन्द्र हो’, प्रतिवेदनमा भनिएको छ ।

नेपाल भारतको खुला सिमाना र एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा सतर्कताका कारणले नेपाल अन्तर्राष्ट्रिय आतंकवादी समूहको केन्द्रविन्दु बन्दै गइरहेको अमेरिकी भनाई छ ।

प्रकाशित मिति: २० कार्तिक २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्