समाजबादी र राजपा एकता कहाँ रोकियो ?


 



काठमाडौं, कात्तिक २०
सत्तारुढ दल समाजबादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच हुने भनिएको पार्टी एकता अगाडि बढ्न सकेको छैन । दुई पार्टीबीच एकताको खाका नै तयार भएको छैन । दुई दलका शीर्ष नेताबीच वार्ता भएपनि टुंगो लाग्न सकेको छैन । नेपाल समाचार पत्रमा खबर छ ।

दुबै दल एकीकरण गरेर वैकल्पिक शक्तिका रुपमा स्थापित हुने दाउँमा रहेपनि पदीय भागबण्डा मिल्न नसकेका कारण एकता प्रक्रिया रोकिएको बताइएको छ । राजपाका नेता महेन्द्र राय यादवले दुई दल पार्टी एकताका लागि छलफलमै रहेको दाबी गरेका छन् ।

प्रकाशित मिति: २० कार्तिक २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्