धमाधम पक्राउ पर्दै जनप्रतिनिधि, साढे दुई वर्षमा कति पक्राउ परे ?
काठमाडौं, कात्तिक १९
जनप्रतिनिधि पनि कानूनको नजरबाट बच्न सकेका छैनन् । संघीयताअनुसार तीन तहका सरकार गठन भइसकेपछि जनप्रतिनिधि पनि धमाधम पक्राउ पर्न लागेका छन् ।
स्थानीय तह हुँदै प्रतिनिधिसभाको निर्वाचनसम्मको साढे दुई वर्षको अवधिमा ८० जना जनप्रतिनिधि पक्राउ परिसकेका छन् । राजधानीमा खबर छ । जनताको वाचासहित चुनाव जितो जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै जाँदी उनीहरु पक्राउ पर्नेक्रम बढेको हो ।
विभिन्न अपराधमा संलग्न भएको आरोपमा प्रहरीले प्रतिनिधिसभाका सभामुखदेखि संघीय सांसद, प्रदेश मन्त्री, प्रदेश सांसद, नगरप्रमुख, र उपप्रमुख हुँदै वडा सदस्यसम्म पक्राउ परेका छन् । यो अवधिमा ८० जनालाई पक्राउ गरि कारबाही अघि बढाइएको छ ।
प्रकाशित मिति: १९ कार्तिक २०७६, मंगलबार