थुनामा सामान्य कैदी सरह महरा, पूर्वआईजीपी ठकुरीसंगै राखियो
काठमाडौं, कात्तिक १९
बलात्कार प्रयास कसुरमा पुर्पक्षका लागि थुनामा पठाइएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजारको सदरखोरमा राखिएको छ ।
जिल्ला अदालतका जिल्ला न्यायाधिश सुदर्शनराज पाण्डेको इजासले महरालाई थुनामै राखेर मुद्दा अघि बढाउने आदेश दिएसंगै उनलाई सदरखोरमा पठाइएको हो । कान्तिपुरमा खबर छ ।
महराको सांसद पद भने यथावत छ । तर, उनलाई सामान्य कैदी बस्ने कोठामै राखिएको छ । उनलाई सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्वआईजीपी रमेशचन्द ठकुरीसंगै राखिएको छ ।
उक्त कोठामा सुडान घोटाला प्रकरणमै दोषी ठहर भएका पूर्वआईजीपी ओमविक्रम राणालाईसमेत राखिएको थियो । राणा अहिले रिहा भइसकेका छन् ।
प्रकाशित मिति: १९ कार्तिक २०७६, मंगलबार