नेकपाले छान्यो नयाँ प्रदेश प्रमुख, कुन प्रदेशमा को?


 


काठमाडौं, कात्तिक १८

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७ वटै प्रदेशका लागि प्रदेश प्रमुख नाम छनोट गरेको छ । छनोट नामलाई क्याविनेटबाट निर्णय गराएर नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीका कहाँ पठाइनेछ। आइतबार राष्ट्रपति भण्डारीले सात वटै प्रदेशका प्रमुखलाई मन्त्रिपरिषदको सिफारिसमा पदमुक्त गरेकी थिइन ।

सोमबार बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेशका लागि आफ्नो पार्टीनिकट ७ जनालाई प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । जसमा तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई, अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी र शर्मिला त्रिपाठी रहेको महासचिव विष्णु पौडेलले बताए ।

प्रकाशित मिति: १८ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्