बसको ठक्करबाट एकको मृत्यु


 


घोडाघोडी, १७ कात्तिक

बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट नेपालगञ्जका लागि छुटेको भे १ ख १७३२ नम्बरको यात्रुवाहक बसले पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से ३ प ६३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । साथै दुर्घटनामा परी एक जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा घोडाघोडी –१० पहलमानपुरका रामबहादुर चौधरी रहेका इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक हरिशरण भट्टले बताए । त्यस्तै दुर्घटनामा परी घाइते भएका सोही ठाउँका मानबहादुर चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्