कांग्रेसले भन्यो – ‘प्रधानमन्त्री ओलीको सेवा अझै देशले खोजेको छ’


 


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेको छ । कांग्रेसले बुधबारबाट ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘निरन्तरको अस्वस्थता चिरेर जनताद्वारा प्राप्त म्याण्डेड बमोजिम सबल ढंगले कार्य गर्न उहाँको इच्छाशक्ति संगै मेडिकल र पोलिटिकल टिमको विशेष दक्षताको आम अपेक्षा अभिब्यक्त गर्न चाहन्छु । त्यस्तै कांग्रेस नेता मिनेन्द्र रिजालले पनि प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले देशले अझै ओलीजस्तो नेता खोजेको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा रिजालले भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । राजनीतिमा बिपक्षमा छौं, तर उहाँको सेवा अझै देशले खोजेको छ ।’

ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्रीलाई चिकित्सकहरूले बिहीबार दिउँसो डिस्चार्ज गर्ने तयारी गरेका छन् । अस्पतालमा प्रप्रधानमन्त्रीको उपचारका लागि डा. सिहबाहेक डा. चक्रराज पाण्डे, दीलिप शर्मा र डा. प्रेम ज्ञवालीको टिम उपचारमा संलग्न थिए ।

प्रकाशित मिति: १७ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्