पहिलोपटक घर तथा अपार्टमेन्ट किन्दैं हुनुहुन्छ ? अब बैंकबाट ७० प्रतिशतसम्म कर्जा पाउनुहुनेछ
काठमाडौं, कात्तिक १७
पहिलोपटक घर तथा अपार्टमेन्ट किन्ने व्यक्तिले अब बैंक तथा वित्तीय संस्थाबाट कुल लागतको ७० प्रतिशतसम्म कर्जा पाउने भएका छन् ।
यसअघि बैंकहरुले यस्तो आवास किन्न काठमाडौं उपत्यकामा ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशत कर्जा प्रवाह गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन संशोधन गरेर नयाँ व्यवस्था ल्याएको हो ।
नयाँ निर्देशनअनुसार ऋणीले बैंकबाट रु १ करोड ५० लाखसम्म यस्तो कर्जा पाउने छन् । यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रकाशित मिति: १७ कार्तिक २०७६, आइतबार