कास्की-२ मा विद्या भट्टराईलाई उम्मेदवार बनाउने नेकपाको फाइनल निर्णय


 


काठमाडौं, कात्तिक १६
प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । उपचुनावका उम्मेदवारहरु छनोटका लागि शनिबार नेकपा सचिवालयको बैठक बसेको थियो ।

झण्डै तीन घन्टासम्म चलेको बैठकमा उपचुनावका लागि क्षेत्र, जिल्ला र प्रदेशबाट आएका नामहरुबारे छलफल भएको थियो । स्रोतका अनुसार कास्की २ मा विद्यालाई उम्मेदवार बनाउन सचिवालयका सबै सदस्य सहमत भएका छन् । अन्य ठाउँको उम्मेदवार टुंगो लागेपछि सबै उम्मेदवारको एकसाथ घोषणा हुने भएको छ ।

कास्की जिल्ला कमिटीले सर्वसम्मत रुपमा उम्मेदवारका लागि विद्याको मात्र नाम सिफरिस गरेको थियो । तर गण्डकी प्रदेश कमिटीले सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङ करणको नाम थपेर केन्द्रमा पठाएको थियो ।

प्रकाशित मिति: १६ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्