हाइटीमा आन्दोलन चर्किदै, ४२ जनाको मृत्यु


 



जेनेभा
हाइजीमा जारी आन्दोलनमा अहिलेसम्म ४२ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा भएका झडपमा परेर अन्य दर्जनौं घाइते भएका छन् ।

हाइटटीमा गत सेप्टेम्बरको मध्यदेखि सरकार विरोधी आन्दोलन चर्किरहेको छ । उनीहरुले राष्ट्रपति जोभेनेल माइस विरुद्ध पनि प्रदर्शन गरिरहेका छन् । गरिब देश मानिने हाइटीमा आन्दोलनका क्रममा इन्धनसमेत अभाव भएको छ । आन्दोलनका कारण देशमा संकटपूर्ण अवस्था आएको संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति: १६ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्