बलात्कार गरि उल्टै धम्की दिएर चार लाख रुपैयाँ माग्ने पक्राउ, यसरी खुल्यो पोल
काठमाडौं, कार्तिक १६
बलात्कार गरि महिलालाई धम्की दिएर उल्टै चार लाख रुपैयाँ माग्ने व्यक्ति पक्राउ परेको छन् । पैसा नदिए बइज्जत गरिदिने भनेर महिलालाई धम्की दिने रुकुमको चौरझारी नगरपालिका वडा नम्बर २ विजयश्वरीका ४० वर्षीय दलबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो । राजधानीमा खबर छ ।
उनले महिलालाई गएको असोज १९ गते र कार्तिक ८ गते बलात्कार गरेको प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । उनकाअनुसार उनले महिलालाई घटनाबारे बाहिर भने मारिदिने धम्कीसमे दिएका थिए ।
घरमा कोही नभएको मौका छोपेर उनले महिलालाई बलात्कार गरेको खुलेको छ । महिला मानसिक तनावमा पुगेपछि आत्महत्या गर्छु भन्दै भेरी नदीतर्फ लागेपछि श्रीमानले सोधपुछ गर्दा उनले सबै कुरा खोलेकी थिइन् । त्यसपछि प्रहरीकहाँ उजुरी गरेपछि चन्द पक्राउ परेका हुन् । उनीविरुद्ध जबरजस्तीकरणी अन्तर्गत मुद्दा दायर गरिएको छ ।
प्रकाशित मिति: १६ कार्तिक २०७६, शनिबार