दिनदहाडै सांसदको निवासबाट लाखौंका गरगहना तथा नगद चोरी


 



काठमाडौं, कार्तिक १५
दिनदहाडै काठमाडौंका एक सांसदको निवासबाट लाखौका गरगहना तथा नगद चोरी भएको छ । नेकपाका सांसद राजेन्द्र गोतमको देवीनगरको फ्ल्याटबाट नगद र गरगहना चोरी भएको हो ।

संखुवासभाबाट निर्वाचित सांसद फ्ल्याट लिएर भाडामा बस्दै आएका थिए । सूचना विभाग नजिकै रहेको उनी बस्ने घरमा विहीबार दिउँसो ३ देखि ४ बजेको समयमा चोरी भएको प्रहरीले जनाएको छ । सांसद गौतमकाअनुसार घरको ढोका फोरेर दुई तोला पाँच आना बराबरका सुनका गहना चोरी भएको छ ।

त्यस्तै, चाँदीको २१ तोलाको थाली, साढे दुई तोलाको दियो तथा नगद एक लाख १५ हजार गरि तीन लाख १९ हजार रुपैयाँ बराबर चोरी भएको छ । चोरी भएलगत्तै महानगरीय प्रहरी बृत्त तीनकुनेले र नेपाल प्रहरीको सिआइबी टोली घटनास्थल पुगेर मुचुल्का तयार गर्दै अनुसन्धान सुरु गरेको छ । बृत्तका प्रमुख डीएसपी दुर्गाराज गौतमले चोर पत्ता लाग्ने बताए ।

प्रकाशित मिति: १५ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्