रौतहट विस्फोट प्रकरण : तत्कालिन आईजीपी, डीआईजी र सरकारी वकिलले दिए यस्तो बयान
काठमाडौं, कार्तिक १५
संविधानसभाको पहिलो निर्वाचन २०६४ मा रौतहटमा बम विस्फोटको घटना भएको तत्कालिन अवस्थामा रहेका अधिकारीहरुले बयान दिएका छन् ।
तत्कालिन प्रहरी महानिरीक्ष ओमविक्रम (आईजीपी) राणा, तत्कालिन मध्यक्षेत्रीय प्रहरी प्रमुख डीआईजी किरण गौतम र जिल्ला सरकारी वकिल कार्यालयका तत्कालिन प्रमुख ध््रवमणि ज्ञवालीले २०६४ चैत्र २७ गते जिल्लामा बम विस्फोटको घटना भएको बताएका हुन् । कान्तिपुरमा खबर छ ।
विस्फोटका घाइतेहरुलाई इँटाभट्टाहरुमा हालेर मारेको अभियोगमा कांग्रेस सांसद पूर्वमन्त्री मोहम्मद आफताव आलमले जिल्लामा बम विस्फोटको घटना नै नभएको भनेर बयान दिइरहेका बेला उनीहरुले रौतहट प्रहरीको अनुसन्धान टोलीलाई यस्तो बयान दिएका हुन् । उनीहरुले तत्कालिन समयमा जिल्ला प्रहरीबाट बम विस्फोटको घटनाबारे जानकारी पाउका बताएका छन् ।
प्रकाशित मिति: १५ कार्तिक २०७६, शुक्रबार