अन्तर्राष्ट्रिय साझा संस्था संयुक्त राष्ट्रसंघ आर्थिक संकटमा, तलव खुवाउन पनि मुस्किल


 


काठमाडौं, कार्तिक १५
विश्वका एक सय ९३ मुलुकहरुको साझा संस्था संयुक्त राष्ट्रसंघ आर्थिक संकटमा परेको छ । संघका कर्मचारीहरुलाई नै तलव खुवाउन समस्या भएको छ । अन्नपूर्णमा खबर छ ।

आर्थिक संकटमा परेपछि राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासममेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ । महासचिव एन्टोनियो गुटरेसले राष्ट्रसंघ हालसम्मकै सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको तथ्यसहित पत्राचार गरेका छन् ।

राष्ट्रसंघका सदस्य राष्ट्रहरुमध्ये १३४ राष्ट्रले मात्रै पूर्ण शुल्क बुझाएका छन् । अमेरिकासहित ५९ राष्ट्रलेृ शुल्क बुझाएका छैनन् । शुल्क बुझाउन ती राष्ट्रहरुलाई राष्ट्रसंघले ताकेता गरिरहेको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्