यात्रुवाहक बसमा आगजनी


 


काभ्रेपलाञ्चोक, १३ कात्तिक

अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१२ स्थित साँगामा आज अपराह्न यात्रुवाहक बसमा आगजनी भएको छ । रोकी राखेको बसमा आगजानी भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

बा ३ ख ८०३४ नंको बसमा आगजनी भएको प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । उनका अनुसार केही महीनादेखि यात्रुविहीन अवस्थामा रोकिराखेको बसमा आगजनी भएको हो । आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाबारे छानबिन शुरु गरिएको इप्रका बनेपा प्रनि भट्टराईले बताए ।

प्रकाशित मिति: १३ कार्तिक २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्