काङ्ग्रेस वडाध्यक्षका उम्मेदवार नेकपामा प्रवेश


 


बैतडी, ११ कात्तिक

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवारसहित ३० जना नेकपामा प्रवेश गरेका छन् । बैतडीको पाटन नगरपालिका–७ कैलपालका हरिदत्त भट्टसहितका उनीहरू आफ्नो पार्टी परित्याग गरेर नेकपा प्रवेश गरेका हुन् ।

नेकपा वडा कमिटीले आयोजना गरेको शपथग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा नव प्रवेशीहरूलाई स्वागत गर्दै सांसद दामोदर भण्डारीले सरकारले थालेको समृद्धिको यात्रामा सहभागी हुन आग्रह गरेको जिल्ला कमिटी सदस्य लोकबहादुर भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: ११ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्