सीमा नाकाबाट बरामद गरिएका पटका नष्ट


 



धनगढी, कार्तिक १०
सशस्त्र प्रहरी बल त्रिनगर भन्सार गुल्मबाट खटिएको सशस्त्र प्रहरी टोलीले खुला सीमा नाकाबाट बरामद गरेका पटका नष्ट गरेको छ । दिपावलीको अवसर पारेर नेपाल भित्र्याउन लागिएका प्रतिबन्धित पटका बरामद गरि नष्ट गरेको हो ।

प्रहरी नायव निरीक्षक रतनबहादुर बिष्टको नेतृत्वमा गएको टोलीले शनिबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर २ को ३ नम्बर घाटबाट सामान बरामद गरेको थियो ।

अनुमाति ११ बजार मूल्य बराबरको बरामद सामान आइतबार विहान पत्रकार र स्थानीयको रोहबरमा गुल्म परिसरमा नष्ट गरिएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक भोलाप्रसाद कुशहवाले जानकारी दिए । पटका नेपालमा प्रतिबन्धित छ । दिपावलीको बेला पटकाको प्रयोग हुने भएकाले भारतबाट लुकिछिपी नेपाल भित्र्याउने गरिएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्