प्रदेश १ मा मन्त्रिमण्डल विस्तारको तयारी, मुख्यमन्त्री राईले गरे घोषणा


 


विराटनगर, कात्तिक ८

प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले तिहार र छठपछि मन्त्रिमण्डल विस्तार गरिने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुुरा गर्दै उनले ११ सदस्यीय मन्त्रिमण्डल गठन हुने गरी विस्तार गर्ने जानकारी दिए ।

मुुख्यमन्त्री राईले सहमतिको आधारमा प्रदेशको राजधानी टुङ्गो लगाएजस्तै नामाकरण पनि सहमतिको आधारमा निर्णय गरिने बताए । उनले आगामी हिउँदे अधिवेशनवाट नामाकरणको टुङ्गोे लगाउनका लागि छलफलको प्रकिया अगाडि बढाइसकेको प्रष्ट पारे ।

मुुख्यमन्त्री राईले प्रदेश सरकारले यस क्षेत्रका जनताको आर्थिक समृद्धि र रोजगारीका लागि लगानी सम्मेलन गर्न लागेको जानकारी दिए । उनले प्रदेशमा लगानीको वातावरण बन्दै गएकाले आन्तरिक तथा बाह्य लगानी भित्र्याउनका लागि लगानी सम्मेलन गर्न लागेको प्रष्ट पारे ।

प्रकाशित मिति: ८ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्