कास्की २ मा उपनिर्वाचनः रवीन्द्र अधिकारीकी पत्नीलाई उम्मेदवार बनाउने नेकपाको निर्णय


 


काठमाडौं, कात्तिक ८

यही मङ्सिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

शुक्रबार बसेको नेकपा कास्की जिल्ला कमिटी बैठकले भट्टराईलाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । बैठकमा उपनिर्वाचनका लागि भट्टराईको एकल नाममा सबैको सहमति जुटेपछि उनको नाम सिफारिस गरिएको थापाले बताए ।

भट्टराई नेता रवीन्द्र अधिकारीकी पत्नी हुन् । तत्कालीन पर्यटनमन्त्री अधिकारीको गत वर्ष फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।

प्रकाशित मिति: ८ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्