तिहारको भोलिपल्ट पनि सरकारले दियो सार्वजनिक विदा


 


काठमाडौं, कात्तिक ७

सरकारले यही कात्तिक १३ गते किजापूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही कात्तिक ५ गतेको निर्णयअनुसार उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक बिदा हुने भएको गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिएका छन् ।

सरकारले पञ्चाङ्ग निर्णायक समितिको निर्णयअनुसार तिहारमा कात्तिक १०, ११ र १२ गते मात्र विदा दिएको थियो। नेवाः समुदायले आफूहरुको भाइटीका ९किजापूजा० कात्तिक १३ मा विदा दिन माग गरेका छन्।

नेवाः समुदायका तर्फबाट विदाको माग गर्दै संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश तीनका सांसद अजयक्रान्ति शाक्य, राजेश शाक्य, काठमाडौँ महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनलगायतको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट समेत गरेको थियो।

भेटमा ओलीले विदाका सम्बन्धमा उचित निर्णय हुने सकारात्मक जवाफ दिएका थिए।

प्रकाशित मिति: ७ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्