प्रचण्डलाई ओलीको काउन्टरः मलाई लखेटेर पदबाट हटाउन सम्भव छैन


 


काठमाडाैं, कात्तिक ३

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लखेटेर हटाउन सम्भव नभएको बताएका छन् ।

पछिल्लो समय आलोपालो प्रधानमन्त्री र पार्टी अध्यक्षको सहमति कार्यान्वयन नगर्ने मुडमा ओली नदेखिएको गुनासो प्रचण्डले नेताहरुसँग गर्दै हिँडिरहेका बेला ओलीले कडा जवाफ दिएका हुन् ।

उनले एक नेशनल दैनिक पत्रिकासँग कुरा गर्दै भनेका छन्, ‘अब मैले छोड्नलाई पनि समझदारी हुनुपर्छ होला । अहिल्यै छोड्ने, भरे नै छोड्नेजस्तो, लखेटेर हटाएजस्तो त होइन होला । मलाई लेखेटेर हटाउन सायद सम्भव पनि छैन होला ।’

प्रकाशित मिति: ४ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्