एनआरएनको चुनावमा कम्युनिस्ट प्यानलले धुलो चटाएपछि गगन थापा तनावमा! ‘हरुवा’सँग होटलमा भेला


 


काठमाडौं, कात्तिक ४

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा पराजित हुन पुगेको कांग्रेसनिकट कुल आचार्यको प्यानलसँग भेट गरेका छन् ।

उनले राजधानीको एक होटलमा भेला गरेर अचार्य नेतृत्वको प्यानलसँग हारको कारण सोधेका थिए । उनले कुमार पन्त नेतृत्वको कम्युनिस्ट प्यानलसँग कसरी हारियो, कसले अन्तघात गर्यो, धाँधली भयो कि भनेर प्रश्न गरेका थिए । जवाफमा अध्यक्षका प्रत्यासी आचार्यले आफूहरुलाई सत्ताको आडमा रातारात धाँधली गरेर हराइएको बारे गगनलाई जानकारी गराएका थिए ।

साथै नेता थापाले एक हारबाट निराश नहुन आचार्य समूहलाई सान्तवना समेत दिए । यसअघि थापाले आचार्यको टिमलाई जितको लागि शुभकामना दिएका थिए । तर, उनको शुभकामना पूरा हुन सकेन । हारबाट गगन थापा चिन्तित देखिन्थे ।

तस्बिरहरू सुनिल शर्माकाे फेसबुकबाट

प्रकाशित मिति: ४ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्