नेकपाका नेता लेखराज भट्ट खेतीकिसानीमा, भन्छन्ः श्रमभन्दा ठूलो कुनै कर्म हुँदैन


 


काठमाडौं, कात्तिक ३

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिमका नेता लेखराज भट्ट खेतीकिसानीमा लागेका छन् ।

देशमा नेताहरुले राजनीतिलाई कमाइ खाने भाँडो बनाइरहेका त्यागी नेताको परिचय बनाएका भट्ट खेती किसानीमा संलग्न मात्रै छैनन्, अन्य किसानको हौसला बढाउन आफैं खेतमा समेत खटिएका छन् । अहिले आम किसानलाई पाकेको धान काटेर भित्र्याउने चटारो छ । त्यहीँ चटारो लेखराजलाई पनि लागेको छ । उनले श्रमभन्दा ठूलो कर्म हुँदैन भनेर धान थ्रेसिङ पश्चात भित्र्याउने क्रममा भन्दै तस्बिरहरु सार्वजनिक गरेका छन् ।

जसमा नेता भट्ट ट्याक्टर भलाइरहेका छन् भने धानका मुठा समेत बोकिरहेका छन् । उसो त तत्कालिन माओवादीका नेता पार्टीभित्र लिने भन्दा पनि योगदान गर्ने अर्थात त्यागी भनेर चिनिन्छन् । उनी सधै पार्टी अर्थात अध्यक्ष प्रचण्डलाई सहयोग गरिरहन्छन् । व्यक्तिगत स्वार्थ धेरै हेर्दैनन् । पार्टीलाई साह्रै अप्ठेरो परेको बेला उनी निर्णायक भूमिकामा नेतृत्वलाई सहयोग गर्दै आएको विगतमा पनि प्रष्ट भइसकेको छ ।

सालिन स्वभावका भट्टको खेती किसानीले अन्य नेतालाई पनि पाठ बन्न सकोस्, राजनीति पैसा कमाउने माध्यम होइन सेवा हो भन्ने भावना जागृत गराओस् । यसबाट समृद्ध नेपालको अभियानमा पनि सहयोग पुग्ने छ।

प्रकाशित मिति: ३ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्