आलमको बचाउ गर्ने देउवाविरुद्ध गगन र विश्वप्रकाशको विद्रोह, यसरी दिए मुखभरीको जवाफ


 


काठमाडौं, कात्तिक ३

नेपाली कांग्रेसका युवा नेताहरु गगन कुमार थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले कर्तव्य ज्यान मुद्दा खेपिरहेका पार्टीका निलम्बित सांसद मोहम्मद अफताब आलम दोषी भए कारवाही हुनुपर्ने बताएका छन् । जिउँदै मान्छेलाई इटाभट्टामा जलाएर मारेको अभियोगमा आलम अहिले प्रहरी अनुसन्धानका क्रममा जेलमा छन् ।

सभापति शेरबहादुर देउवाले आलमको गिरफ्तारी कांग्रेसविरुद्ध षडयन्त्र बताइरहेका बेला कांग्रेसभित्र युवा नेताहरु आलम दोषी भए कारवाही हुनुपर्ने बताएका छन् । उनीहरुले अनुसन्धानमा सघाउनु आफूहरुको कर्तव्य भएको समेत स्पष्ट पारेका छन् ।

गगनले सभापतिको धारणा व्यक्तिगत बताउँदै भनेका छन्, ‘जोसुकै होस्,जहाँ भएको होस्, जहिले भएको होस्, जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ । दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ । निष्पक्ष छानबिनका लागी सहयोग गर्नु हाम्रो कर्तव्य हो । यही हो काँग्रेसको धारणा । बाँकी सबै व्यक्तिगत धारणा हुन ।’

त्यस्तै, पार्टीका प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्माले भनेका छन्, ‘हाम्रो संघर्ष विधिको शाशन र दबाबमुक्त कानुनी राज्यकालागि थियो,हो र रहनेछ । अनुसन्धानमा सहजता पुर्वक सघाउनु हाम्रो कर्तव्य हो िस्थापनाकाल देखिको हाम्रो संस्थागत मान्यता कस्तै परिस्थितिमा किमार्थ बदलिन्न ियहिनै हाम्रो स्थायी धारणा,स्थायी विश्वास र स्थायी बाटोपनि हो िनिर्दोष कहिल्यैपनि दण्डित हुनुहुन्न दोषी कसैलेपनि उन्मुक्ति पाउनुहुन्न ।’

त्यस्तै, नेता प्रदीप पौडेलले भनेका छन्, ‘घटनाको निष्पक्ष सत्यतथ्य छानविन प्रक्रियालाई काङ्ग्रेसले निस्शर्त सहयोग गर्दछ । कुनै अवरोध सिर्जना गर्दैन।निष्पक्ष छानबिन हुनुपर्छ । दोषी ठहरिए जो(कोहीलाई पनि कानून बमोजिम कारबाही हुनुपर्छ।विधिको शासन र कानुनी राज्यको उपहास गर्ने वा खिलापमा रहेका कसैलाई बचाउन नेपाली काङ्ग्रेस लाग्दैन ।’

यता देउवाको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ । पार्टीकै कार्यकर्ता उनको विरोधमा उत्रिएका छन् ।

प्रकाशित मिति: ३ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्