अब राजनीति गरेर अकुत सम्पत्ति कमाउने दिन गए, प्रधानन्यायाधीशले सुनाए यस्तो फैसला


 


काठमाडौं, कात्तिक १

स्थानीय तहका जनप्रतिनिधिले बुझ्ने मासिक पारिश्रमिकलाई रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चले शुक्रबार उनीहरुले लिँदै आएको पारिश्रमिकलाई असंवैधानिक ठहर गर्दै रोक्न संघीय सरकारलाइ आदेश गरेको हो । ययसँगै राजनीति गरेर कमाउने र अकुत सम्पत्ति जोड्ने विकृतिको अन्त्य हुने भएको छ ।

६ वटा प्रदेशले ऐन नै बनाएर पारिश्रमिक दिने व्यवस्था गरेका थिए । प्रधानन्याधीश चोलेन्द्र शम्शेर राणा, न्यायाधीशहरु केदारप्रसाद चालिसे, दीपकुमार कार्की, मीरा खड्का र हरिकृष्ण कार्कीको इजलासले उक्त आदेश दिएको हो ।

संविधानको धारा २२० को उपधारा ८ र धारा २२७ विपरित हुने देखिएकोले पारिश्रमिक रोक्नुपर्ने सर्वोच्चको ठहर छ । सर्वोच्चले पारिश्रमिक पाउने अनुसूचीलाई परिवर्तन गर्न समेत भनेको छ ।

प्रकाशित मिति: १ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्