जस्तापाता काण्डबारे लाइभ बोले रामशरण महत, भनेः सजायँ भोग्न तयार छु


 


काठमाडौं, असाेज ३०

जस्तापाता काण्डले आलोचित भइरहने पात्र हुन पूर्वअर्थमन्त्री एवं प्रतिपक्षी नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महत । भूकम्प पीडितका लागि आएको जस्तापात बेचेको आरोप उनीमाथि लाग्ने गर्छ । यसबारे महतले पहिलोपटक लाइभ बोलेका छन् ।

नागरिक नेटवर्कको फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँगको लाइभ अन्तर्वार्तामा महतले जस्तापातामा आफ्नो संलग्नता भेटिए सजाय भोग्न तयार रहेको बताए । उनले आफ्नो संलग्नता छ भने उजुरी गरेर कारवाही अगाडि बढाउन चुनौती समेत दिए । जस्तापाताको कुरा गर्नेहरु भ्रममा परेको र मूर्ख भएको उनको टिप्पणी छ ।

यस्तो छ अन्तर्वार्ताको संक्षिप्त रुपः

भूकम्प पीडिका जस्तापात विक्रि गरेको आरोप तपाईलाई बारम्बार आइरहने गरेको छ। वास्तवमा भएको के थियो?

यसमा कुनै सस्यता छैन। यसको पुष्टि गर्नलाई म चुनौति दिन्छु। त्यसका लागि म अदालत जान पनि तयार छु। म माथि उजूरी गर, त्यसमा सत्यता थोरै मात्र छ भने सजाय दिलाउ। सत्यता रहेनछ भने सजाय खान पनि तयार बन। ती सम्पूर्ण महामूर्ख, कल्पनिक कुराहरु हुन। किन भने मलाई गलत देख्न सक्ने कुनै पनि काम छैन। अनि त्रिकृम कुराहरु गरेर मलाई आरोप लगाएका मात्रै हुन्।

भएको के थियो त खास त्यति खेर?

केहि पनि भएको हैन। हाम्रै एक जना साथिले पठाएको जस्ता उनीहरुले विद्यालयलाई बाँढ्न खोज्दा केही मानिसले घेरेर यो त बेच्न ल्याएको भनेर हल्ला खल्ला गरेका मात्रै हुन्। आरोपमा एक प्रतिशत पनि सत्यता छैन। विपक्षीका फन्डामा सहमति हुनै सकिन्न।

प्रकाशित मिति: ३० आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्