‘प्रधानमन्त्री आलोपालो मान्य हुँदैन्, राम्रो काम गरिरहेका ओलीले नै पाँच वर्ष चलाउनुपर्छ’


 


काठमाडौं, असोज ३०

सत्तारुढ दल नेकपाका राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोेजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेता शर्माले सरकारको नेतृत्व पूरै कार्यकाल ओलीले गर्ने भएकाले त्यसमा आलोपालो नहुने पनि बताएका हुन् । शर्मा प्रचण्डनिकट नेता हुन् । तर ओली प्रधानमन्त्रीबाट परिवर्तन हुन नहुने पक्षमा उभिएका छन् ।

सरकारको नेतृत्वमा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो हुने चर्चा भईरहेका बेला नेता शर्माले ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने दावी गरे । सरकारले राम्रो काम गरिरहेकाले पनि ओलीलाई नै पूरा कार्यकाल सरकारको नेतृत्वमा राख्नुपर्ने तर्क पनि गरे ।

नेता शर्माले मन्त्रिपरिषद पुनर्गठन हुने विषयमा प्रधानमन्त्रीले पार्टीका शीर्ष तहमा छलफल गरिरहेको पनि बताए । उनले सरकारले अन्तर्राष्ट्रिय रुपमा विश्वास आर्जन गरेकाले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सम्भव भएको पनि स्पष्ट पारे ।

प्रकाशित मिति: ३० आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्