रवी लामिछानेको पक्षमा उच्च अदालतको यस्तो फैसला


 


काठमाडौं, असोज ३०

शालिकराम पुडासैनी आत्महत्या प्रकरण र सञ्चारकर्मी रवि लामिछानेको आत्महत्या दुरुत्साहन मुद्दामा उच्च अदालत हेटौंडाले लामिछानेमाथि लगाइएका सबै प्रतिबन्धहरु हटाएको छ ।
जिल्ला अदालत चितवनले लगाएका प्रतिबन्ध तर्था शर्तहरु उच्च अदालतका न्यायाधीशद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशले बिहीबार हटाएको हो । यद्यपि धरौटी लिने जिल्लाको आदेश भने सदर गरेको छ ।

विदेश जान अनुमति लिनुपर्ने, कार्यक्रम सञ्चालन गर्न नपाउने जस्ता शर्तहरु बदर गरेसँगै रवीले आफ्नो मुद्दाबारे स्पष्ट पार्न निर्वाध रुपमा कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन्। त्यस्तै, निर्वाध रुपमा विदेश जान पाउने छन् ।
यसअघि जिल्ला अदालतले लामिछानेलाई ५ लाख र अर्का पत्रकार युवराज कडेँललाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।

जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले भदौ २३ गते निवेदन दिएका थिए। लामिछानले निवेदन दिएको भोलिपल्ट भदौ २४ गते सरकारी पक्ष पनि अदालत पुगेको थियो। दुवैको निवेदनमा उच्च अदालतले जिल्लाको फाइल मगाउने आदेश गरेको थियो ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने ५ लाख धरौटी बुझाइ रिहा भएका थिए। जिल्लाको निर्णय बदरको माग गर्दै उनले निवेदन दिएका थिए।

अब मुद्दाको अन्तिम फैसला भने चितवन जिल्ला अदालतले नै गर्नेछ ।
लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका थिए। कार्की साधारण तारेखमा रिहा भएकी थिइन ।

प्रकाशित मिति: ३० आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्