पूर्वराजा ज्ञानेन्द्रलाई मैदानमा आउन बाबुरामको चुनौती, पारस र हिमानीलाई साथमा ल्याउन आग्रह


 


गोरखा, असोज ३०

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पद चाहिए पार्टी खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् । समाजवादी पार्टी गोरखाले बिहीवार सदरमुकाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै उनले राजतन्त्र फर्कने सम्भावना नरहेको बताए ।

राजतन्त्र आवश्यक नभएरै जनताले गणतन्त्र ल्याएको जिकिर गर्दै बाबुरामले राजतन्त्र कुनै हालतमा नफर्किने बताए। लोकतान्त्रिक गणतन्त्र पश्चात मुलुक विकास र समृद्धिको नयाँ चरणमा पुगेको र एजेण्डा समेत फेरिएको बताउँदै उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्रलाइ मेरो पद आवश्यक छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडे हुन्छ, पारस र हिमानीलाइ पनि उठाए हुन्छ ।

जनताले चुनाव जिताए भने देश चलाए हुन्छ हामीलाई त्यसमा कुनै आपत्ति छैन।’ दशैंमा जनता टिका थाप्न जाँदैमा राजतन्त्र फर्किन्छ भन्नु गलत भएको उनको भनाइ छ।

प्रकाशित मिति: ३० आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्