विप्लवका दाइसहित २१ नेता कार्यकर्ता रातारात पक्राउ


 


काठमाडौं, असोज २९

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २१ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लवका दाई मध्यपश्चिम कमाण्ड इञ्चार्ज वीरजंग चन्दसमेत रहेका छन् । त्यस्तै, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन लगायतका छन् ।

उनीहरुलाई नेपाल–भारत सीमा नाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका ४ को मुग्रेटाखोलास्थित जंगलमा बैठक गरिरहेको अवस्थामा बिहीबार बिहान १ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दाङका डिएसपी बिनोद विक्रम शाहीका अनुसार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको छ ।

प्रकाशित मिति: ३० आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्