सभामुखका लागि नेकपामा ६ जनाको नाम चर्चामा, को को छन् ?


 


काठमाडौं, असोज ३०

वर्तमान सभामुख कृष्णबहादुर यौनकाण्डमा फसेपछि नयाँ सभामुख चयनको आन्तरिक तयारी सुरु भएको छ । यसका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले तयारी सुरु गरेको हो । नेकपाभित्र सभामुखका लागि ६ जनाको नाम चर्चामा छ ।

पूर्वएमालेबाट वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फे, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र हृदयस त्रिपाठीको चर्चा छ । त्यसैगरी

पूर्वमाओवादीबाट पूर्वसभामुख ओनसरी घर्ती, नेकपाका प्रमुख सचेतका देवप्रसाद गुरुङ, सांसद अग्नी सापकोटा सभामुख पदका लागि दावेदारका रुपमा देखिएका छन्।

६ जनाले पार्टीभित्र आ–आफ्नो लविङ जारी राखेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली नेम्वाङलाई सभामुख बनाउन चाहन्छन भने प्रचण्डले देव गुरुङ वा अग्नी सापकोटामध्ये एक हुनुपर्ने लबिङ गरिरहेका छन् । यद्यपि अन्तिम निर्णय पार्टीको केन्द्रीय सचिवालयले लिनेछ ।

एकताको बेलाको भागवण्डाअनुसार सभामुख पूर्वमाओवादीको भागमा परेकाले पूर्वमाओवादी समूह आफूले पाउने दाबी गर्दै आएको छ ।

यता पूर्वएमालेहरु भने पार्टी एक भइसकेर नेकपा भएकाले नेकपाको जोसुकै नेता पनि सभामुख बन्न सक्ने तर्क गरिरहेका छन् ।

प्रकाशित मिति: ३० आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्