नेकपाकै चियापान गएर ओली र प्रचण्डलाई रामचन्द्रको यस्तो चेतावनी, अब कुनै हालतमा नछाेड्ने


 


काठमाडौं, असोज २९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी दललाई नदिए सदन र सडकमा विरोध गर्ने चेतावनी दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशैँ, तिहारलगायत पर्वका अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै नेता पौडेलले संवैधानिक व्यवस्था र संसदीय अभ्यासका आधारमा ती दुवै पद एकै दलले लिन नहुने र प्रतिपक्षीलाई एक पद दिइनुपर्ने बताए ।

उनले भने, “यो मान्यताविपरीत निर्णय भएमा हामी मान्दैनौँ, सदन र सडकमा विरोध गर्छौं, सदनमा रहेका काङ्ग्रेस सांसदहरुले पनि लाछीपन देखाउनु हुँदैन ।”

संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपपछि सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि हाल सो पद रिक्त छ ।

प्रकाशित मिति: २९ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्