चित्रबहादुर केसीका उपाध्यक्षसहित नेताकार्यकर्ता नेकपामा प्रवेश, लेखराजले गरे स्वागत


 


कैलाली, असोज २९

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्षसहित नेता कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

बुधबार जनमोर्चा पार्टी डोटीका उपाध्यक्ष मनिबहादुर मलासीसहित दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपाबाट प्रवेश गरेका छन् ।

उनीहरुलाई नेकपा स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लेखराज भट्टले टिका र खादा लगाएर पार्टीका स्वागत गरे ।

प्रकाशित मिति: २९ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्